सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि Federative Republic of Brazil का राजदूत H.E. Mrs. Maria Teresa Mesquita Pessoa ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।
२०७८ साल भाद्र २५ गते शुक्रबार
(जगन्नाथ पन्त)
प्रवक्ता