सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश
[vc_row][vc_column][vc_column_text] पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । छरिएर रहेका अनेकौँ राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भयो । नेपाली समाज साँस्कृतिक विविधता बीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति Read More …