मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री शिशिर खनाल र माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल माघ २३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ। २०७९ साल पुस २२ गते आइतबार । (सागर आचार्य) प्रवक्ता    

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । २०७९ साल माघ १६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

गृह मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री श्री रबि लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृह मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।   २०७९ साल माघ १४ गते शनिबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री इन्दिरा रानाज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७९ साल माघ ९ गते सोमबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता

प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ को अनुसूची २ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूले राष्ट्रपति भवनमा आयोजित विषेश समारोहमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो  । २०७९ साल माघ ६ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री वन तथा वातावरण; युवा तथा खेलकुद  २. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ  ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात ४. श्री रबि लामिछाने उपप्रधानमन्त्री गृह  ५. श्री राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई  ६. श्री रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि  ७. श्री विक्रम पाण्डे मन्त्री शहरी विकास ८. श्री ज्वाला कुमारी साह मन्त्री कृषि तथा Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत H.E. Mr. Chen Song ले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । २०७९ साल पुस २९ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत H.E. Mrs. Himalee Arunatilaka ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र श्रीलङ्का बीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल पुस १९ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसङ्‌घ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत श्री भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस १३ गते बुधबार । (सागर आचार्य) प्रवक्ता