सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भणडारीज्यूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन
बागमती प्रदेशसभाका माननीय प्रदेश प्रमुख‚ बागमती प्रदेशका माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू‚ संघीय संसदका माननीय सदस्यहरू‚ बागमती प्रदेशका पूर्व मुख्यमन्त्री‚ बागमती प्रदेश सभाका माननीय सदस्यहरू‚ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरू‚ हेटौंडा अस्पतालका चिकित्सक‚ नर्स तथा स्वास्थ्यकर्मीहरू‚ विद्यार्थी भाइबहिनीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको नवनिर्मित भवन समुद्घाटन समारोहमा उपस्थित भएर तपाईहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म प्रतिष्ठानका चिकित्सक, प्राविधिक, कर्मचारी र विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जनताको स्वास्थ्यका निम्ति आधारभूत एवं विशेषज्ञ सुविधाहरू सहजै उपलब्ध गराउन सकिने गरी मदन भण्डारी Read More …