आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
(हरि प्रसाद दहाल)
प्रवक्ता