सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कृष्णकुमार पाण्डेद्वारा लिखित ऐतिहासिक उपन्यास ‘डिभाइन ह्यान्ड्स्: अरनिको मोर देन अ गेष्ट अफ एन्सिएन्ट चाइना’ कृति समर्पण समारोहमा गर्नु भएको सम्बोधन
आज सार्वजनिक भएको कृतिका लेखक श्री कृष्णकुमार पाण्डे, ललितपुर महानगरका मेयर श्री चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधान सेनापति‚ राष्ट्रसेवकहरू‚ उपस्थित भद्र महिला तथा सज्जनवृन्द ! सर्वप्रथम राष्ट्रपति कार्यालयमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु । आज हामीले एउटा महत्वपूर्ण ऐतिहासिक तथा साहित्यिक कृति प्राप्त गरेका छौं । विविध विषयका आठवटा पुस्तकहरू अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशन गरिसक्नुभएका लेखक कृष्णकुमार पाण्डेले राष्ट्रिय विभूति कलाकार अरनिकोलाई केन्द्रमा राखेर अङ्ग्रेजी भाषाका पाठकहरूसमक्ष नयाँ कृति प्रस्तुत गर्नुभएकोमा म लेखकलाई हार्दिक बधाई दिन चाहन्छु । यस ऐतिहासिक उपन्यासको माध्यमबाट ७०० वर्ष अघि तिब्बतको शाक्य गुम्बाभित्र अरनिकोद्वारा निर्मित स्वर्णिम चैत्य तथा चीनमा त्यसबखत तातु भनेर चिनिने हालको Read More …