सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश
चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को शुभकामना सन्देश चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । लैङ्गिक समानता प्राप्तिको आन्दोलनमा योगदान र प्रेरित गर्ने सम्पूर्ण अग्रजहरूप्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु । वि.सं. २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण गरिएको स्मरण स्वरूप आजको दिनलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने Read More …