राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज २० गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई गर्नुभएको सम्बोधन

बीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चीनको हुबेई प्रान्तबाट आउनुभएका तेह्रौं मेडिकल टीमका सम्पूर्ण सदस्यहरू सहित सबैलाई म राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । यस अवसरमा अस्पतालको उन्नति र प्रगतिमा समर्पित भई बिरामीको सेवामा सदैब खटिने अस्पताल परिवार र चिनियाँ मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल मित्र राष्ट्र जनवादी गणतन्त्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भई क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको देशकै ठूलो र  महत्वपूर्ण अस्पताल हो । निर्माण कार्य पूरा भई करिब एक्काइस वर्षदेखि अस्पतालले निरन्तर सेवा दिदै आएको छ । वातावरण प्रदुषण, बिषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ Read More …

थारु आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता  

राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को समुद्घाटन समारोहका अवसरमा गर्नुभएको सम्बोधन

जिल्ला समन्वय समिति महासंघ नेपालले आफ्नो तेस्रो राष्ट्रिय परिषद्को आयोजना गरेकोमा धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु । यस बैठकमा महासंघलाई विगतमा आफूले गरेका कार्यहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाहरु तर्जूमा गर्न सफलता मिल्ने विश्वास लिएको छु । जनताको लामो संघर्षद्वारा मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले जनप्रतिनिधिमूलक संस्थाको नेतृत्वमा सहभागितात्मक विकासको अवधारणालाई आत्मसात गरेको छ । संघीयताको कार्यान्वयन गरी आर्थिक रूपान्तरणको प्रक्रियामा मुलुक अगाडि बढिसकेको परिस्थितिमा नागरिकका लागि लक्षित सेवा प्रवाहले उनीहरूको आर्थिक, सामाजिक जीवन—पद्धतिमा के कस्तो परिर्वतन ल्यायो ? उपलब्धीको मात्राको दृष्टिले तथा समय र आर्थिक लगानीको हिसाबले सन्तोष गर्न सकिने अवस्था भएको छ वा छैन जस्ता विषयमा जनप्रतिनिधिमूलक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को शुभकामना सन्देश आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् सन् १९९१ देखि आजको दिन हामीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका छौं । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय  निर्धारण गरेको छ । तीव्र रूपमा Read More …