सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा दिनुभएको शुभकामना सन्देश
आज जेठ १६ गते ‘महिलाको सुरक्षा र अधिकार: संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ हामी तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै छौं । यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न भूमिकाबाट योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक सम्मान अर्पण गर्दछु । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप Read More …