सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय महिला दिवस–२०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

१११औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक बधाई दिंदै सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ हामी यस वर्ष १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं । यस संकल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७७ का अवसरमा गर्नुभएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू, वरिष्ठ गायक प्रेमध्वज प्रधान, कला र संगीतका साधकहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, नातिकाजी स्मृति समाजले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । नेपाली संगीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति यस अवसरमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । नेपाली सङ्गीत, कला, संस्कृति र सम्पदा मौलिक छन् । विविधतायुक्त संस्कृति हाम्रो राष्ट्रिय एकताको आधार रही आएको छ । भौगोलिक विविधताअनुसारका जातीय संस्कृति, गीत, सङ्गीत र बाजामा रहेको मौलिक विविधता नेपालको विशिष्ट पहिचान र जीवन शैली बनेको हो । विविधता भित्रको सहिष्णुता Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल फागुन १७ गते सोमवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता