सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जितीया पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश
जितीया पर्व, २०७७ को शुभकामना सन्देश नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायूको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘जिमुतवाहन व्रत’ समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ । यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्वास‚ सद्भाव र सहयोगको Read More …