सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश
उभौली पर्वको शुभकामना सन्देश नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य र मिष्ठान्न खानपीनका साथ आपसमा सुख, शान्ति र सुस्वास्थ्यको आदानप्रदान गर्दै रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । यसरी प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका साँस्कृतिक Read More …