सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत श्री निलाम्बर आचार्यज्यूले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । (छविन्द्र पराजुली) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री निलाम्बर आचार्य, काठमाडौंलाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता