“सोनमल्होसार २०७५“ को शुभकामना सन्देश चन्द्रपात्रोअनुसार नयाँ वर्षको रूपमा तामाङगायतका समुदायहरूले मनाउने महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पर्वमा कूल पूजा, प्रकृति पूजा, छोरीचेलीलार्इ मिठो खुवाउने, टिकादक्षिणा दिने, घरबस्ती सफा गरी बुद्धका चित्र अङ्कित ध्वजापतकाहरू टाँगेर बुद्धको पूजाअर्चना गर्ने, टोलवासीहरू ठाउँ-ठाउँमा जम्मा भर्इ तामाङसेलोमा नाचगान गर्ने एवम् हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गर्ने प्रचलन रहिआएको छ। तामाङलगायत शेर्पा, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतले आ-आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेको पाइन्छ । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्र Read More …