सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१८ (२०७५ साल असोज १५) को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “Celebrating Older Human Rights Champions” “ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ” भन्ने सन्देश निर्धारण गरेको छ । यस सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमुल्य योगदान दिने सम्पूर्ण अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र Read More …