सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण
आज मिति २०७४ साल कार्तिक १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७४ (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता