विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष मित्रराष्ट्र साउदी अरबका परराष्ट्रमन्त्री His Highness Prince Faisal Bin Farhan Al Saud ले राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०७८ साल चैत १ गते मङ्गलबार
(सागर आचार्य)
प्रवक्ता