आज मिति २०७७ साल असोज ११ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
१. | गणतन्त्र कोरिया | H.E. Mr. Park Chong-Suk | आवासीय |
२. | युरोपियन युनियन (EU) | H.E. Ms. NONA Deprez | आवासीय |
(हरि प्रसाद दहाल)
प्रवक्ता