आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
| क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
| १. | श्री विष्णुप्रसाद पौडेल | मन्त्री | अर्थ मन्त्रालय |
| २. | श्री कृष्णगोपाल श्रेष्ठ | मन्त्री | सहरी विकास मन्त्रालय |
| ३. | श्री लिलानाथ श्रेष्ठ | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय |
(हरि प्रसाद दहाल)
प्रवक्ता


