आज मिति २०७४ साल भाद्र २७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत महामहिम Mrs. Rensje Teerink ले विदाई भेट गर्नुभयो । सो अवसरमा युरोपियन युनियन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित युरोपियन युनियन तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता