संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश
नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट विक्रम सम्बत् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस्, भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छ । तीन तहका सरकारहरू संचालनमा आएसँगै त्यस अनुरुप संरचनाहरु संस्थागत र सुदृढ हुँदै गएका छन् । संविधानले गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको छ ।
आजको यस दिनले हामी सबैमा “समृद्ध नेपाल, सुखी नेपाली̋” को राष्ट्रिय संकल्प हासिल गर्न मन, बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस अवसरमा संविधानको मर्म र भावनालार्इ व्यवहारमा रुपान्तरण गर्न आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न म सबैमा हार्दिक आव्हान गर्न चाहन्छु।
अन्तमा, लामो संघर्ष, ठूलो बलिदान र प्रतिक्षाबाट प्राप्त यस संविधानको कार्यान्वयन मार्फत नागरिकको हित र मुलुकको समद्धि हुने गरी कार्य गर्न सकौँ भनी संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को सुखद् अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०७६ साल असोज ३ गते शुक्रबार ।
