कुमारी ईद्रजात्रा पर्व, २०७६ को शुभकामना सन्देश
काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा मनाइने धार्मिक-साँस्कृतिक महत्वको कुमारी ईन्द्रजात्रा पर्वको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
ईन्द्रजात्रा अनमोल ऐतिहासिक र साँस्कृतिक धरोहरको पहिचान बोकेको काठमाडौंमा विशेष उत्साहका साथ आठ दिनसम्म वर्षा र सहकालका देवता ईन्द्र पूजन एवम् बिभिन्न देवी देवतासँग सम्बन्धित नाच, गान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै मनाउने चलन छ।
यस्ता परम्परा एवम् साँस्कृतिक पर्वहरुले सबै नेपालीहरूबीच विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्नेमा विश्वस्त छु ।
अन्तमा, यस्ता साँस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एकजुट हुन सकौँ । प्रकृतिप्रेमी ईन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी ईन्द्रजात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०७६ भाद्र २७ गते, शुक्रबार ।