“अन्तर्राष्ट्रिय महिला दिवस, २०१९“ को शुभकामना सन्देश
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।
“लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार” भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फि विकास र शसक्तिकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तिकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ । नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलार्इ सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ । यस अवसरमा महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन म सबैमा आग्रह गर्दछु ।.
अन्तमा, यो दिवसले हामी सबैलाई महिलाहरुको हक, अधिकार, समानता, सशक्तिकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७५ फागुन २४ गते शुक्रबार