आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीश तथा कानून व्यवसायीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ ।
- श्री प्रकाशकुमार ढुङ्गाना, धनुषा
- श्री सुष्मालता माथेमा, काठमाडौं
- श्री कुमार रेग्मी, झापा
- श्री हरिप्रसाद फुँयाल, मोरङ
- डा. मनोजकुमार शर्मा, काठमाडौं
(छविन्द्र पराजुली)
प्रवक्ता