आज मिति २०७४ साल बैशाख २९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत पदमा कार्यरत श्री ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र पौवागढी-८, बझाङ्ग निवासी श्री अर्जुन जङ्ग बहादुर सिंहलाई गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
(प्रल्हाद प्रसाद पुडासैनी)
सहायक प्रवक्ता