आज मिति २०७४ साल बैशाख १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि नेपाली राजदूत पदमा गुलरिया नगरपालिका-४, बर्दिया निवासी डा. विश्वम्भर प्याकुर्याललाई र ओमानको लागि नेपाली राजदूत पदमा मूलपानी-५, काठमाडौं निवासी श्री शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गर्नुभएको छ ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता