आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित भारतका राजदूत
H.E. Mr. Manjeev Singh Puri ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्वत् २०७४ साल बैशाख ४ गते देखि शुरु हुने राष्ट्रपतिज्यूको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता