आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित श्रीलंकाका राजदूत H.E. Ms. W.S. Parera ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता