आज मिति २०७३ साल चैत्र २५ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता