आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
१ | ग्वाटेमाला | H.E. Mr. Giovanni Rene Castillo Polanco | गैरआवासीय |
२ | बेल्जियम | H. E. Mr. Francois Delhaye | गैरआवासीय |
३ | इरान | H.E. Mr. Ali Chegeni | गैरआवासीय |
४ | अजरवैजान | H.E. Mr. Ashraf Shikhaliyev | गैरआवासीय |
(छविन्द्र पराजुली)
प्रवक्ता