आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले विदाई भेट गर्नुभयो । सो अवसरमा जनवादी गणतन्त्र चीन र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा जनवादी गणतन्त्र चीनको काठमाडौस्थित राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति थियो ।
(छविन्द्र पराजुली)
प्रवक्ता