आज मिति २०७३ साल मंसिर १० गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि चीनका राजदूत महामहिम श्रीमती यू होङबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो
(कुल प्रसाद चुडाल)
प्रवक्ता