आज मिति २०७३ साल कात्तिक २९ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
| सि.नं. | विवरण |
| १. | नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ |
| २. | ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३ |
| ३. | राष्ट्र ऋण उठाउने विधेयक, २०७३ |
| ४. | आर्थिक विधेयक, २०७३ |
| ५. | वन (दोस्रो संशोधन) विधेयक, २०७३ |
(कुल प्रसाद चुडाल)
प्रवक्ता

