आज मिति २०७५ साल असार २९ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Mr. Yves CARMONA ले विदाई भेट गर्नुभयो । सो अवसरमा फ्रान्स र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित फ्रान्स राजदूतावासका अधिकारीको उपस्थिति थियो ।
(छविन्द्र पराजुली)
प्रवक्ता