आज मिति २०७५ साल बैशाख २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवाली, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(छविन्द्र पराजुली)
प्रवक्ता