आज मिति २०७३ साल कात्तिक २५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/ गैरआवासीय |
1. | कतार | H.E. Mr. Yousuf bin Mohamed Ahmed Mohamed Al-Hail | आवासीय |
2. | स्वीटजरल्याण्ड | H.E Dr. Jorg Giovanni Frieden | आवासीय |
3. | जनवादी गणतन्त्र चीन | H.E. Ms. Yu Hong | आवासीय |
4. | क्यूवा | H.E. Mr. Oscar Israel Martinez Cordoves | गैरआवासीय |
(कुल प्रसाद चुडाल)
प्रवक्ता