आज मिति २०७४ साल चैत्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति २०७४/११/३ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति र हेरफेर गरी देहाय बमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
क्र.सं. | नाम, थर | पद | कार्यविभाजन |
1. | श्री के.पी. शर्मा ओली | प्रधानमन्त्री | सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या । |
2. | श्री ईश्वर पोखरेल | मन्त्री | रक्षा । |
3. | श्री रामबहादुर थापा | मन्त्री | गृह । |
4. | श्री प्रदीपकुमार ज्ञवाली | मन्त्री | परराष्ट्र । |
5. | श्री बर्षमान पुन | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिँचाइ । |
6. | श्री गिरिराजमणि पोखरेल | मन्त्री | शिक्षा, विज्ञान तथा प्रविधि । |
7. | श्री मातृकाप्रसाद यादव | मन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति । |
8. | श्री रघुबीर महासेठ | मन्त्री | भौतिक पूर्वाधार तथा यातायात । |
9. | श्री गोकर्ण विष्ट | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा । |
10. | श्री शक्तिबहादुर वस्नेत | मन्त्री | वन तथा वातावरण । |
11. | श्री लालबाबु पण्डित | मन्त्री | सङ्घीय मामिला तथा सामान्य प्रशासन । |
12. | श्री थममाया थापा | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । |
13. | डा. युवराज खतिवडा | मन्त्री | अर्थ । |
14. | श्री जगतबहादुर सुनार (विश्वकर्मा) | मन्त्री | युवा तथा खेलकुद । |
15. | श्री रविन्द्रप्रसाद अधिकारी | मन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन । |
16. | श्री शेरबहादुर तामाङ | मन्त्री | कानुन, न्याय तथा संसदीय मामिला । |
17. | श्री चक्रपाणी खनाल | मन्त्री | कृषि, भूमि व्यवस्था तथा सहकारी । |
18. | श्री बीना मगर | मन्त्री | खानेपानी । |
19. | श्री पद्माकुमारी अर्याल | राज्यमन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या । |
20. | श्री गोकुलप्रसाद वाँस्कोटा | राज्यमन्त्री | सञ्चार तथा सूचना प्रविधि । |
21. | श्री धनबहादुर बुढा | राज्यमन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन । |
22. | श्री रामकुमारी चौधरी | राज्यमन्त्री | कृषि, भूमि व्यवस्था तथा सहकारी । |
साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
(छविन्द्र पराजुली)
प्रवक्ता