आज मिति २०७४ साल माघ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।
क्र.सं. | नाम थर | ठेगाना | प्रदेश |
१ | प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ | धनकुटा | प्रदेश नं. १ |
२ | श्री रत्नेश्वर लाल (कायस्थ) | काठमाडौं | प्रदेश नं. २ |
३ | श्री अनुराधा कोइराला | काठमाडौं | प्रदेश नं. ३ |
४ | श्री बाबुराम कुवंर | अर्घाखाँची | प्रदेश नं. ४ |
५ | श्री उमाकान्त झा | धनुषा | प्रदेश नं. ५ |
६ | श्री दुर्गा केशर खनाल | सुर्खेत | प्रदेश नं. ६ |
७ | श्री मोहनराज मल्ल | कैलाली | प्रदेश नं. ७ |
आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरुले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण समेत गर्नुभयो । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
(कुलप्रसाद चुडाल)
प्रवक्ता