आज मिति २०७४ साल कार्तिक १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
क्र.सं. | विधेयकको नाम |
१. | सहकारी विधेयक, २०७४ |
२. | स्वास्थ्य बीमा विधेयक, २०७४ |
३. | वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४ |
४. | प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ |
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता