आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
सि.नं. | विवरण |
१. | योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४ |
२. | संघीय आकस्मिक कोष विधेयक, २०७४ |
३. | बोनस (पाँचौ संशोधन) विधेयक, २०७४ |
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता