आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/४/२९ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट लिखित राजीनामा दिनु भएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।
(मोहन प्रसाद वाग्ले)
प्रवक्ता