आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको Chief of Defence Conference र सो पश्चात बेलायतको सेनाध्यक्षको औपचारीक निमन्त्रणामा सहभागी हुन मिति २०७४/०३/१६ गते संयुक्त राज्य अमेरिकातर्फ र मिति २०७४/३/२६ देखि बेलायततर्फ प्रस्थान गरी मिति २०७४/०३/३१ मा स्वदेश फर्कनु हुने भएकोले प्रधान सेनापतिको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाका व्य.नं. ११८१ बलाधिकृत रथी बलदेवराज महतलाई कायममुकायम प्रधान सेनापति तोक्नु भएको भएको छ।
(प्रल्हाद प्रसाद पुडासैनी)
सहायक प्रवक्ता