आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित जर्मनीका राजदूत
H.E. Mr. Matthias Meyer ले शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(प्रल्हाद प्रसाद पुडासैनी)
प्रवक्ता