आज मिति २०७३ साल असोज १७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा गरामनी-२, झापा निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद सिटौलालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको
छ ।
(केशव प्रसाद घिमिरे)
उपसचिव