सम्माननीय उपराष्ट्रपति,
सम्माननीय कार्यवाहक प्रधानमन्त्री,
सम्माननीय कायममुकायम प्रधानन्यायाधीश,
सम्माननीय सभामुख,
विशिष्ट महानुभावहरु,
महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतीहरु,
भद्र महिला तथा सज्जनवृन्द !
- आज नेपालको संविधान जारी भएको दोस्रो वर्ष पूरा भएको सुखद अवसरमा तपाइँहरु सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ ।
- संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाइँदैछ ।
- लोकतन्त्र, वाकस्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार र सामाजिक न्यायसहितको द्रुततर आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ ।
- समाजवादउन्मूख अर्थव्यवस्था निर्माण गरी सम्पन्न नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्वयन गर्न हामी अग्रसर भएका छौं ।
- संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका निमित्त स्थानीय, प्रादेशिक र संघीय निर्वाचनका लागि मार्गचित्र प्रदान गरेको
छ । - यसै अनुरुप स्थानीय निर्वाचनको तीन चरण पूरा भएको छ ।
- साथै निकट भविष्यमा गरिन लागेको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
- तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप देशको सर्वतोमूखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न म सरकार, सवै राजनीतिक दल र आम जनतासमक्ष आव्हान गर्दछु ।
विशिष्ट कूटनीतिक समुदाय,
- संयुक्त राष्ट्रसंघको वडापत्रप्रति पूर्ण वफादार तथा असंलग्न आन्दोलनको संस्थापक सदस्यराष्ट्रका रुपमा नेपाल विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र अभिवृद्धि गर्न प्रतिवद्ध
छ । - संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका मूल्य मान्यताप्रति नेपाल दृढ छ ।
- साथै विश्वशान्ति, समृद्धि र वातावरणीय सुरक्षाजस्ता सवालहरुको सान्दर्भिकताप्रति पनि नेपाल सजग छ ।
- यस अवसरमा लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा नेपालको सामाजिक आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद दिन
चाहन्छु । - मलाई पूर्ण विश्वास छ आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा आगामी दिनमा पनि यहाँहरुबाट सहयोग र सद्भावना जारी रहने छ ।
- अन्तमा, यस समारोहमा उपस्थित हुनुभएकोमा तपाइँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
२०७४ साल असोज ३ गते मंगलबार (सेप्टेम्बर १९, २०१७)
राष्ट्रपति भवन, शीतलनिवास
काठमाडौँ ।