विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. | राजदूत | मुलुक |
1. | डा. नरेशविक्रम ढकाल | कतार |
2. | श्री विष्णुपुकार श्रेष्ठ | जनवादी गणतन्त्र चीन |
3. | श्री कैलाशराज पोखरेल | अष्ट्रेलिया |
4. | श्री कान्ता रिजाल | इजरायल |
२०७९ साल असार १६ गते बिहीबार
(सागर आचार्य)
प्रवक्ता