विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs H.E. Mr. Wang Yi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
२०७८ साल चैत १३ गते आइतबार
(सागर आचार्य)
प्रवक्ता