नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

२०७९ साल फागुन २१ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता