विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल-फ्रान्स संसदीय समुहका President, Madam Veronique Riotton ले राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो ।
२०७८ साल फागुन २६ गते बिहीबार
(सागर आचार्य)
प्रवक्ता