आज मिति २०७४ साल चैत्र १४ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता